सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । असार ३, चालु साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोला दुई सय रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : 18 June, 2023

प्रतिक्रिया दिनुहोस्