एमाले नेता चौलागाईंको उद्धोष : प्रदेश र केन्द्र दुवैमा वामपन्थी गठबन्धनको सरकार बन्छ

सहयात्रा टिभी

दोलखा । एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईंले दोलखामा चुनावी प्रचारप्रसारका क्रममा एमाले र माओवादी केन्द्र प्राविधिक रुपमा मात्र फरक भएकाले चुनाव पछि पार्टी एकिकरण हुने बताएका छन् । एमाले र माओवादी केन्द्र विच प्राविधिक रुपमा मात्र चुनाव चिन्ह फरक हुन गएको हो, चुनाव पछि मिल्छौं,’ चौलागाईको भनाई थियो । पोलिटब्यूरो सदस्य चौलागाईंले प्रदेश र केन्द्र दुवैमा वामपन्थी गठबन्धनको सरकार बन्ने दावी पनि गरे ।

दोलखा जिल्ला प्रदेश नम्बर २ का सांसद उम्मेदवार चौलागाईले देशलाई आर्थिक समृद्धितर्फ लैजान कम्युनिष्ट मिलेर स्थिर सरकार बनाउने र मुलुकलाई स्थायित्व दिने विश्वास व्यक्त गरे ।

 

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्