काठमाडौंका हलहरूले रोके भारतीय फिल्मको प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । असार ४, काठमाडौं उपत्यकाका हलहरुले भारतीय फिल्मको प्रदर्शन रोकेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ुजानकी भारतकी छोरी हुन्, भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म भारतीय फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि भारतीय फिल्म प्रदर्शन रोकेका हुन्।

महानगरको आदेशलाई मान्दै आफूहरुले भारतीय फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए।

हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। गतबिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि भारतीय फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्।

यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ।

 

प्रकाशित : 19 June, 2023

प्रतिक्रिया दिनुहोस्