बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा गएका प्रधानमन्त्री बीचबाटै फर्किए

काठमाडौँ । असार ४, बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् ।
नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् ।
बाढी पहिररो प्रभावित ताप्लेजुङको मौसम पनि खराब भएका कारण हेलिकप्टर विराटनगर विमानस्थलमा फर्काइयो ।
काठमाडौँबाट सेनाको हेलिकप्टरमा आएका प्रचण्ड विराटनगर विमानस्थलमा अवतरणपछि भने विमानबाट काठमाडौ फर्किएका छन् ।