समाजवादी मोर्चा कसैसँग मुकाबिला गर्न नबनाएको नेपालको दाबी

सहयात्रा टिभी

काठमाडौँ । असार ४, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताएका छन् ।

साथै केहीले भनेजस्तो कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न पनि नबनाएको उनको दाबी छ ।

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमा अध्यक्ष नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकतावद्ध हुन मोर्चाबन्दी गरेको बताए । उनले अगाडि भने, ‘यो कसैलाई तर्साउन पनि होइन, कसैको मुकाबिला गर्न पनि होइन । ढुक्क हुनुस् ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउन र एमालेको मुकाबिला गर्न मोर्चा बनाउन लागेको टिप्पणी गरेका थिए ।

तर नेता नेपालले त्यसको खण्डन गरे । उनले अगाडि भने, ‘कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौं, कसैलाई दबाव दिन र कसैलाई तर्साउन चाहेको पनि होइन ।तर प्रतिगमनको भने मुकाबिला गर्ने उनले बताए ।

आफूहरुको सम्बन्ध आजको नभएको र पहिलो सहकार्य पनि नभएको भन्दै उनले आपसमा विश्वास रहेको बताए ।

 

प्रकाशित : 19 June, 2023

प्रतिक्रिया दिनुहोस्