सबस्टेसन र जेनेरेटरमा समस्या आएकाले सरकारका सबै सर्भर डाउन

सहयात्रा टिभी

काठमाडौँ । असार ६, सबस्टेसन र जेनेरेटरमा समस्या आएकाले सरकारका सबै सर्भर डाउन भई अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेका छन् ।

यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ घण्टा सेवा अबरुद्ध भएपछि विमानस्थल अध्यागमनले यात्रुको जाँचपास सेवा ‘म्यानुअल इन्ट्री’ गरेर गर्न सुरू गरेको छ ।

विमानस्थल अध्यागमनका प्रुमख रामबाबु सेवेदी बुधबार मात्रै यात्रुको डिटेल अनलाइनमा इन्ट्री गर्ने गरी सेवा दिन थालिएको बताउँछन् ।

सरकारी सरकारी वेबसाइटहरु डाउन हुनुको कारण भने उदेकलाग्दो छ । सरकारी डेटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलका अनुसार सोमबार दिउँसोदेखि नै नेपाल विद्युत प्राधिकरणले सरकारी सर्भरका लागि बिजुली आपूर्ति गर्न सकेको छैन ।

सिंहदरबारस्थित सबस्टेसनमा प्राविधिक समस्या आएपछि सूचना प्रविधि केन्द्रमा लाइन नआएको उनले बताए ।

तर, लाइन नभएपछि केन्द्रले डिजेलबाट चल्ने जेनेरटर चलाएर बिजुलीको व्यवस्था गरेको थियो । तर, साँझसम्म चलिरहेको जेनेरेटर तात्दै गयो र चल्न छाड्यो । योसँगै सरकारको डेटा सेन्टरमै विद्युत आपूर्ति पूर्णरुपमा बन्द भएर ‘सर्भर डाउन’ हुन पुगे ।

प्रकाशित : 21 June, 2023

प्रतिक्रिया दिनुहोस्