चीनद्धारा कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला

सहयात्रा टिभी

काठमाडौँ । असार ६,  चीनद्धारा कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला गरेको जानकारी प्राप्त भएको छ ।

 

पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ ।

अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि सेप्टेम्बरसम्म हो ।

भारतीय पर्यटकका लागि भने नेपालको बाटो हुँदै मानसरोवर यात्रा अझै खुला नभएको टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०का महासचिव विनोद सापकोटाले जानकारी दिए ।

चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ । विगतमा सामूहिक भिसा दिने गरेकोमा यस पटकदेखि एक पटकमा कम्तीमा ४ जनासम्मले वायोमेट्रिक समेत दिनुपर्ने गरी भिसा नीति चीनले लिएको छ ।

सोहीकारण पूर्वी वा पश्चिम नेपालबाट मानसरोवर जान चाहने नेपाली भिसा प्रक्रिया पूरा नभएसम्म काठमाडौंमै रहनु पर्ने भएको छ ।

 

प्रकाशित : 21 June, 2023

प्रतिक्रिया दिनुहोस्