पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

सहयात्रा टिभी

काठमाडौँ । असार ७, पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।

उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।

 

प्रकाशित : 22 June, 2023

प्रतिक्रिया दिनुहोस्