उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौँ । असार ७, उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा सर्वोच्चले दियो अन्तरिम आदेश दिएको जानकारी प्राप्त भएको छ ।
सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले अन्तरिम आदेश जारी गरेको हो। सरकारले मुद्दा फिर्ता गरेपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट हालेका थिए।
उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन्।
सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश पनि जारी गरेको छ।