साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य वृद्धि,
सहयात्रा टिभी
काठमाडौँ । असार ७, साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ ।
बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा, निर्जीवन बीमा र अन्य समूह समेत वृद्धि भएको छ । त्यसबाहेकका उपसूचकहरु राताम्य देखिए ।
बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रहेको छ ।