सुरेन्द्र पौडेलको ‘कृ रिटर्न्स’मा अनमोलको शीर्ष भूमिका

सहयात्रा टिभी

काठमाडौँ । असार ७, अनमोल केसीलाई शीर्ष भूमिकामा लिएर सुरेन्द्र पौडेलले फिल्म ‘कृ रिटर्न्स’ निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

२०७५ सालको यो चर्चित एक्सन फिल्मको दोस्रो सिक्वेल निर्माणलाई लिएर यी दुई जनाबीच प्रारम्भिक छलफल भएको छ, जसलाई सुरेन्द्र र अनमोल दुवैले पुष्टि गरे ।

सुरेन्द्रले आफ्नो आगामी प्रोजेक्ट ‘वरिष्ठ बलराम’ (वर्किङ टाइटल)पछि मात्र यो फिल्मको निर्माण सुरु हुने जनाएका छन् । सम्भवतः अंग्रेजी नयाँ वर्षपछि यसलाई छायांकनमा लैजाने तयारी चलेको उनले जनाए ।

पौडेलका अनुसार यो फिल्मको लेखन सुरु भएको छ । यसअघि ‘कृ’लाई सुवास गिरीले निर्माण गरेका थिए । तर, ‘कृ रिटर्न्स’लाई आफैंले निर्माण गर्ने उनको तयारी छ ।

‘यो विशुद्ध एक्सन र लभस्टोरी फिल्म हुनेछ । अंग्रेजी नयाँ वर्षदेखि सुरु गर्ने तयारी छ । अहिलेलाई अनमोल मात्र कन्फर्म हुनुहुन्छ । अन्य कलाकारबारे सोचिसकेका छैनौं’, गिरीले भने ।

 

प्रकाशित : 22 June, 2023

प्रतिक्रिया दिनुहोस्