एसियाडका लागि नेपाली रग्बी टोलीको घोषणा
सहयात्रा टिभी
काठमाडौँ । असार ११, नेपालले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि आइतबार रग्बीको पुरुष टोली घोषणा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाए ।
छनोट भएका खेलाडीमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सविन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडू, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ छन् । वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् । एसियाडमा नेपालले रग्बीमा पहिलो पटक सहभागिता जनाउन लागेको हो । एसियाड असोज ६ गतेदेखि सुरु हुँदै छ ।