आज लागूऔषध दुरुपयोगविरुद्धको दिवस

सहयात्रा टिभी

काठमाडौँ । असार ११, आज लागूऔषध दुरुपयोगविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले हरेक वर्ष जुन २६ का दिन यो दिवस मनाउने गरिएको छ ।

लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन गृहमन्त्रालयको आयोजनामा आज काठमाडौँमा प्रभातफेरी निकालिएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरिमा सहभागीले लागूऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित : 26 June, 2023

प्रतिक्रिया दिनुहोस्