दोस्रो दिन पनि नेप्से उकालो लाग्यो
सहयात्रा टिभी
काठमाडौँ । असार ११, लगातार दोस्रो दिन आज पनि सेयर बजार परिसुचक नेप्से उकालो लाग्यो । सोमबार ११.६९ अंकले बढेको सेयर बजार २१२९.४२ विन्दुमा पुगेर बन्द भयो । यो ०.५५ प्रतिशतको वृद्धि हो ।
सोमबार लघुवित्त र फाइनान्स उपसूचकमा लगानीकर्ता झुम्मिए । जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र ट्रेडिङबाहेकका सबै उपसूचक हरियो देखिए । जसमध्ये लघुवित्त ३.९९ प्रतिशत र वित्त ३.११ प्रतिशतले बढेको छ ।
आइतबार ६ अर्ब नाघेको कारोबार रकम सोमबार भने ४ अर्ब ८ करोड ६४ लाख ३३ हजार २४९ रुपैयाँ भएको छ ।
सोमबार हिमालयन लाइफ इन्स्यारेन्स, बीपीडब्यू लघुवित्त, सिटी होटल, सिभिल लघुवित्त, माउन्टेन इनर्जीसहितका धितोपत्रको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ ।