प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्रै

सहयात्रा टिभी

काठमाण्डौं ।निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने दावी गरेको छ ।

मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको जनाइएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने  र छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाइने बताए ।

शिक्षासँग सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा शुक्रबार आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै उनले अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताए । प्रमुख निर्वाचन आयुक्त डा. यादवले ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने कुरा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाइसकेका विषय भएकाले यसमा विचार पु¥याउन आग्रह गरे । ‘अभिभावक, शिक्षक÷शिक्षिकाले आफ्ना बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस, ¥यालीमा जानु हुँदैन, विद्यालयमा यस किसिमका गतिविधि पनि गर्नु हुन्न भन्ने कुरालाई प्रभावकारी रुपमा भन्नुपर्छ’–उनले भने ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्