टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल ७’ मा खतरनाक स्टन्ट दृश्य

सहयात्रा टिभी

काठमाडौँ । असर १३, हलिउड अभिनेता टम क्रुजले आफ्नो आगामी फिल्म ‘मिसन इम्पोसिबल ७’ मा दिएको खतरनाक स्टन्टलाई लिएर अहिले विश्वभर चर्चा भइरहेको छ ।

ट्रेलर रिलिज भएदेखि नै दर्शक र नेटिजनमाझ यसले ध्यान तानेको छ । यो चर्चामाझ क्रुजले उक्त स्टन्ट छायांकनको ‘बिहाइन्ड द सिन’को दृश्य सार्वजनिक गरेका छन् ।

उक्त दृश्यमा अभिनेता क्रुजले एक अग्लो पहाडी चट्टानबाट बाइकसँगै हामफालेको देख्न सकिन्छ । उक्त भिडियोमा क्रुजले ‘यो डरलाग्दो आइडिया हो’ भन्दै कुरा गरेको देख्न सकिन्छ ।

भिडियो त्यसपछि टम क्रुजमा केन्द्रित हुन्छ । उनी स्टन्ट प्रदर्शन गर्दै चट्टानबाट बाइकसँगै हामफाल्छन् । ‘मिसन इम्पोसिबल स् डेड रेकोनिङ पार्ट वान’को ट्रेलर यस वर्षको मे महिनामा रिलिज भएको थियो ।

फ्रेन्चाइजीको सातौं श्रृंखलामा अभिनेता क्रुज इथान हन्टको भूमिकामा देखिएका छन् । यति मात्र होइन, उनले यसमा अन्य जोखिमपूर्ण स्टन्ट पनि दिएका छन् जसमा तीव्र गतिमा चलिरहेको ट्रेनमा चक्कु हानाहानको दृश्य होस् या रेल नै पानीमा डुबेको दृश्य । जंगलदेखि मरुभूमिसम्मको यात्रामा सुपर एजेन्टको यो मिसन तुफानी यात्राजस्तो देखिन्छ ।

 

 

प्रकाशित : 28 June, 2023

प्रतिक्रिया दिनुहोस्