नेप्से ३५ अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । असर १३, शेयर बजार परिसूचक नेप्से बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको छ ।
हिजो मङ्गलवार झन्डै ५७ अङ्कले बढेको नेप्से आज घटेर दुई हजार एक सय ५० दशमलव ९९ विन्दुमा झरेको छ ।
आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेर छ अर्ब रुपैयाँ नजिक पुगेको छ ।
आज दुई सय ८० वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको ८३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो ।