कमलादीमा बनेको स्काइ वाक शुक्रबारदेखि सञ्चालन आउने

सहयात्रा टिभी

काठमाडौँ ।असर १३, काठमाडौंको कमलादीमा बनेको भव्य स्काइ वाक शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।

वन्डर्स नेपालले २ अर्ब लगानी गरेर सञ्चालमा ल्याएको स्काइ वाकमा सर्वसाधारणलाई खुला गर्नका लागि सबै तयारी पुरा भएको वन्डर्स नेपालका प्रबन्ध निर्देशक सोहन श्रेष्ठले बताए ।

यस्ता टावरको टुप्पोमाथि स्काइ वाक अर्थात् सिसामाथि हिँड्ने साहसिक मज्जा लिन अब न्यूयोर्कको ‘द एज’ टावर पुग्नुपर्ने छैन । न त दुबई स्काइ भ्युज अब्जरभेटरी नै पुग्नुपर्ने छ ।

त्यो अवसर अब काठमाडौंको केन्द्र भाग कमलादीमा पाइने भएको छ । वन्डर्स नेपालले निर्माण गरेको ‘स्काइ वाक’मा सिसामाथि हिँड्दा मुटु ढुकढुक हुने रोमाञ्चकता त अनुभूत हुन्छ नै, काठमाडौं उपत्यकालाई उडेको चराले हेरेजस्तै हेरेर मज्जा पनि लिन सकिनेछ ।

स्काइ वाक गर्ने सिसा पूर्णरुपमा सुरक्षित रहेको श्रेष्ठको दाबी छ । यो स्काइ वाक निर्माण गर्दा जमिनको सतहबाट ३५ मिटर मुनिसम्म ५८ वटा फलामका डण्डीहरु गाडेर बलियो बनाएको श्रेष्ठले बताए ।

एडभेन्चर स्पोर्टस्, टुरिजम र रेष्टुरेन्टसहितका सुविधा भएको यति ठूलो स्काइ वाक दक्षिण एसियामै पहिलोचोटी सञ्चालनमा आएको दाबी वन्डर्स नेपालका प्रबन्ध निर्देशक श्रेष्ठले गरे ।

प्रकाशित : 28 June, 2023

प्रतिक्रिया दिनुहोस्