सोलुखुम्बुको महाकुलुङमा पहिलो पटक प्याराग्लाइडिङको उडान

काठमाडौँ । असर १४, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रको आकाशमा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ ।
महाकुलुङ गाउँपालिका वडासोलुखुम्बु – २ को आयोजनामा बुधवार हिजो पेल्माङको चोङ्खामा सफल परीक्षण उडान भरिएको वडाध्यक्ष प्रदीप कुलुङले बताउनुभयो ।
बाबु एडभेन्चर्स इन्टरनेशल प्रा.लि.का प्याराग्लाइडिङ प्रशिक्षक सानो बाबु सुनुवार र पाइलट मोहन कुमार सुनुवारले वडाध्यक्ष प्रदीप कुलुङलाई प्याराग्लाइडिङमा उडाइ सम्भाव्यता अध्ययन गरिएको स्थानीय झलक राईले जानकारी दिनुभयो ।
तल्लो सोलुखुम्बुमा पहिलो पटक उडाइएको प्याराग्लाइडिङ हेर्न सयौँको सङ्ख्यामा स्थानीय उपस्थित भएका थिए । प्याराग्लाइडिङ उडानमार्फत् थप पर्यटन पर्वद्धन गर्न सकिने भएकाले अब पालिकाको नीति तथा कार्यक्रममा नै यसतर्फ बजेट विनियोजन गर्नुपर्ने देखिएको वडाध्यक्ष कुलुङले बताउनु भयो ।