रेसुङ्गामा रैथाने बालीको संरक्षण एवं प्रवर्द्धन कार्यक्रम शुरु

काठमाडौँ । असर १४, गुल्मीको रेसुङ्गा नगरपालिकाले रैथाने बालीको संरक्षण एवं प्रवर्द्धन कार्यक्रम शुरु गरेको छ ।
नगरपालिकाको वडा नं १३ अन्तर्गत उपल्लो भँगारीमा रहेको रेसुङ्गा होम स्टेलाई रैथाने बाली संरक्षण गर्दै सञ्चालन गर्ने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।
रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले रैथाने बालीको संरक्षण गरेर आयातलाई प्रतिस्थापन गर्न सकिने बताउनु भएको छ ।
पर्यटनको विकासबाट यस्ता प्रकारका रैथाने बालीको प्रवर्द्धन गर्न सजिलो हुने पन्थीको भनाइ छ । रैथाने बालीको संरक्षणबाट गुल्मी आउने पर्यटकलाई गुल्मीको पहिचान खाना, भेषभुषा, नाचगान, परम्परागत रहनसहन र विभिन्न जातिका संस्कार जस्ता कुराको विकासमा टेवा पुग्ने बताइएको छ ।
पछिल्लो समयमा जिल्लाका अन्य पालिकाहरुले पनि आफ्नो नीति तथा कार्यक्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन ।