‘परस्त्री’को प्रिमियर शोमा सेलिब्रिटीको बाक्लो उपस्थिति
काठमाडौँ । असर १४, फिल्म ‘परस्त्री’लाई बुधबार रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित समारोहमा फिल्मको युनिटसहित अन्य कलाकार उपस्थित रहे ।
रातो स्टाइलिस पहिरनमा अभिनेत्री शिल्पा मास्के आकर्षक देखिएकी थिइन् । निर्देशक सुरज पाण्डे, कलाकारहरु गौरव विष्ट र कोसिस क्षेत्री प्रिमियरमा उपस्थित थिए ।
फिल्म हेर्न कलाकारहरु स्वस्तिमा खड्का, अञ्जना बराइली, खगेन्द्र लामिछाने, मुकुन भुसाल लगायतका कलाकार पनि प्रिमियरमा पुगेका थिए ।
फिल्म रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियर समारोहमा चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो । सस्पेन्स(क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ ।
यो फिल्म बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने दीपेन्द्र के खनालको पटकथा छ ।