जनमत पार्टी सरकारमा जाने तयारी

सहयात्रा टिभी

काठमाडौँ । असार १७, जनमत पार्टी सरकारमा जान सकारात्मक देखिएको छ ।

जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए । बजेट, मधेस प्रदेशमा विना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

जनमत पार्टीका नेता अब्दुल खानका अनुसार प्रधानमन्त्री सकरात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढेको छ ।

प्रधानमन्त्री आफूहरूले उठाएका मुद्दामा सकरात्मक रहेको उनले बताए । स्रोतका अनुसार आज आइतबार ४ बजे बस्ने सत्ता पक्षीय दलको बैठकले जनमतलाई सरकारमा ल्याउनेबारे निर्णय लिन सक्नेछ ।

 

 

 

प्रकाशित : 2 July, 2023

प्रतिक्रिया दिनुहोस्