नेप्सेमा साढे २ प्रतिशतले उच्च गिरावट
सहयात्रा टिभी
काठमाडौँ । असार १७, नेप्सेमा साढे २ प्रतिशतको उच्च गिरावट भएको जानकारी प्राप्त भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५३.७० अंक (२.५ प्रतिशत)ले गिरावट हुँदा २०९७.२९ अंकका विन्दुमा बन्द भएको छ ।
सेयर बजारमा तरलता सहज भएर ब्याजदर घट्दै जाँदा बढ्दो क्रममा देखिएको बजारमा असार मसान्त नजिकिंदै जाँदा बैंकको ब्याज र किस्ता तिर्ने दबाबले सेलिङ प्रेसर आई नेप्से घट्न लागेको हो ।
असार मसान्तमा बैंकहरुले हर्जा असुलीमा दबाब बढाउँदा ऋण तिर्ने सेयर बेच्नेहरुले सेलिङ प्रेसर बढाउँदा नेप्सेमा उच्च गिरावट आएको सेयर ब्रोकरहरु बताउँछन् ।
आइतबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै १८ कम्पनीको सेयरमूल्य भने बढेको छ ।