पूर्वमिस नेपाल नीति शाह पनि ‘क्यामिनो’बाट बाहीरीन्
सहयात्रा टिभी
काठमाडौँ । असार १७, प्रदीप खड्काको शीर्ष भूमिका रहने फिल्म ‘क्यामिनो’को छायांकन सुरु नहुँदै ‘लाइनअप’ प्रभावित हुन थालेको छ ।
सौगात मल्लले यो फिल्म छाडेको महिना दिन नबित्दै पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह पनि बाहिरिएकी छिन् । नीतिले हात झिकेपछि निर्माता अभिनेत्रीको खोजीमा लागेको खबर छ ।
नीतिले यो फिल्मबाट डेब्यु गर्ने तयारी थियो । उनले फिल्म छाड्नुको ठोस कारण नखुले पनि नयाँ अभिनेत्रीलाई अभिनय गराउने तयारी भइरहेको छ । नीतिले फिल्म छाडेको स्वतन्त्र पुष्टि निर्माताले नगरे पनि सेड्युलको कारण नीति प्रोजेक्टबाट बाहिरिएको चर्चा छ ।