तेस्रो दिन पनि सेयर बजार उच्च अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । असार १८, सेयर बजार परिसूचक नेप्से आज पनि उच्च अङ्कले घटेको छ ।
नेप्से आज पनि दाेहाेराे अङ्कले घटेकाे छ । हिजाे आइतवार ५३ अङ्कभन्दा धेरैले घटेको नेप्से आज २१ दशमलव ३२ अङ्कले घटेर दुई हजार ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।
यो १.०२ प्रतिशतको गिरावट हो । यसले किन्न चाहने लगानीकर्ता पनि पर्ख र हेरको स्थितिमा रहेको देखिन्छ ।
आज दुई सय ७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएकाे छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक सय ७४ वटा कम्पनीको शेयर घट्दा लक्ष्मी इक्विटी फन्डकाे शेयर सबैभन्दा धेरै झन्डै नौ प्रतिशतले घटेको छ ।