नेपाल विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौँ । असार १८, राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ बहुमतले पारित भएको छ ।
सोमवार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ुनेपाल विश्वविद्यालय विधेयकु पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।
आज (सोमवार) बसेको बैठकमा आउँदो आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ ।
राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मङ्गलवार ९भोलि० १ बजे बस्ने गरी बोलाइएको छ ।