सिद्धार्थ राजमार्ग अवरुद्ध

सहयात्रा टिभी

पाल्पा । असार १९, अविरल वर्षासँगै खसेको लेदो र गेग्रानसहितको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै, आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोरनु परेको छ ।

प्रकाशित : 4 July, 2023

प्रतिक्रिया दिनुहोस्