छोराको निधनपछि प्रचण्ड काठमाण्डौं आइपुगे

सहयात्रा टिभी

काठमाण्डौं । छोराको निधनको खबर पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट आफ्ना सम्पूर्ण निर्वाचन कार्यक्रम छोडेर काठमाडौं आई पुगेका छन् ।
काठमाण्डौं आईपुगेका प्रचण्ड लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पताल आउँदै गरेको जनाइएको छ ।
छोरा प्रकाशको निधन भएपछि झापाबाट चुनावी कार्यक्रम छोडेर छोरी गंगा र ज्वाई जीवन आचार्य तथा नातीनीसहित प्रचण्ड काठमाण्डौं आएका हुन् । प्रकाश बुबा प्रचण्ड प्रधानमन्त्री हुँदा उनको स्वकीय सचिवका रुपमा काम गरेका थिए ।

२०३८ सालमा जन्मिएका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् । उनको पोखरामा रहेकी जेठी श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा आइसकोकी छन् । कञ्चनपुर रहेकी कान्छी श्रीमति बिना मगर (दाहाल) श्री एयरलाइन्सबाट काठमाण्डौं आउँदै गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रकाशको मृत्युको खबर पाउन साथ पार्टीका नेता–कार्यकर्ता अस्पताल आएका छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि नर्भिक अस्पतालमै छन् ।

 

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्