एकल महिलालाई ‘बगान’ निःशुल्क देखाउने सरोज खनालको घोषणा
सहयात्रा टिभी
काठमाडौं । असार २०, अभिनेता तथा निर्देशक सरोज खनालले मुलुकका एकल महिलालाई निःशुल्क रुपमा फिल्म ‘बगान’ देखाउने घोषणा गरेका छन् ।
ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उनीहरुको सम्मानका लागि यस्तो निर्णय गरिएको खनालले बताए ।
समारोहमा उपसभामुख इन्दिरा राना, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरियो ।