मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी !

सहयात्रा टिभी

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका कार्यक्रताले तालाबन्दी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस समर्थक नेपाल कर्मचारी संघले चुनावमा कर्मचारी खटन पक्षपात भएको भन्दै दिएको ज्ञापनपत्रका कारण आइतबार सामान बुझेर हिंडेका कर्मचारीलाई फर्काएर फेरि गोला प्रथाबाट मतदान अधिकृत तोक्ने योजाना रहेको थाहा पाएपछि नेकपा एमालले तालाबन्दी गरेको जनाइएको छ ।

चुनावका सामान बुझेर हिंडेका कर्मचारी समेत फर्किएका छन् । तालाबन्दीका कारण केही कर्मचारी कार्यालयभित्रै थुनिएका छन् भने चुनावको काममा समस्या भएको छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्