कोशीका मुख्यमन्त्रीमा थापाको नियुक्ति विरुद्ध प्रमुख प्रतिपक्षी दल सर्वोच्च जाने

काठमाडौं । असार २२, कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च जाने भएका छन् ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज शुक्रबार नै सर्वोच्चमा जाने बताएका छन् ।
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै अदालत जाने उनले बताए ।
‘सभामुखको समर्थनमा सरकार गठन हुँदैन, त्यसकारणले यो गलत छ’, उनले भने, ‘उत्प्रेशणको आदेशबाट बदरगरी पाउ भन्दै सर्वोच्च जादैछौं ।’
बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो ।