भक्तपुरमा ५ घर जलेर नष्ट

सहयात्रा टिभी

भक्तपुर । भक्तपुर नगरपालिकाको तेखापुखु टोलमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । आगलागीबाट इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रबहादुर शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकर, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको ५ घर जलेका छन् । आगलागी नियन्त्रणमा लिन अन्य केहि घर पनि भत्काईएको प्रहरीले जनाएको छ । राती लागेको आगो ६ घण्टापछि बिहान निभाइएको थियो । सेना, प्रहरी र सशस्त्र प्रहरीसहित ६ वटा दमकल र ट्याङ्करको पानीको सहायताबाट आगो निभाइएको हो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतको क्षति भएको छ ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्