नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै लामिछानेद्धारा आपत्ति

सहयात्रा टिभी

काठमाडौँ । असार २५, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्धारा  नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै आपत्ति आपत्ति जनाए । यो संसद ३ दलले बन्धक बनाउन मिल्छ भन्ने प्रश्न गरेका छन् ।

जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको जनाएका छन् ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले सोधे, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्‍यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन ?’

संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।

‘शीर्ष नेतालाई मुड चलेन भने यो सदन रोकिन्छ ?’ लामिछानेले प्रश्न गरे, ‘जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् । नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं ।’

 

प्रकाशित : 10 July, 2023

प्रतिक्रिया दिनुहोस्