रेसको उपाधि बाबु–छोरीलाई

सहयात्रा टिभी

भोजपुर । कीर्तिमानी अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुरमा आयोजना गरिएको ट्रेल रेसको उपाधि आयोजित प्युठानका बाबु–छोरीको हातमा परेको छ ।

पुरुषतर्फ प्युठानका ४० वर्षीय बुबा दामोदर बुढामगर र महिलातर्फ दामोदरकै छोरी १७ वर्षीया हुमी बुढामगरले उपाधि जितेका छन् । उनीहरुले जनही १० हजार रुपैंयाँ पुरस्कार पाएका छन् । उनीहरुले मीराको जन्मगाउँ सानोदुम्मा थर्पुदेखि शुरु भएर सदरमुकाम शहीदपार्कमा टुगिंएको १८ किमिको रेस दामोदरले १ घण्टा ५५ मिनेटमा पूरा गरेका थिए । छोरी हुमीले २ घण्टा ३५ मिनेटमा दूरी पार गरिन् । दामोदर शारीरिक सुगठनमा राष्ट्रिय खेलाडी हुन् ।

उनी यसअघि गोदावरीमा ५० किमि, १५ किमिमुनि काठमाडौं ट्ेरल सिरिजमा चारपल्ट विजेता थिए । पोखरामा हालै सम्पन्न दौडमा पनि उनले तेस्रो स्थान हात पारेका थिए ।

हुमी दुवाथलनकी राष्ट्रिय च्याम्पियन हुन् । चार वर्षयता दौड्न शुरु गरेकी उनले पोखरा, हेटौंडा, वीरगञ्ज, नेपालगञ्जमा भएका २१, २६ किमि दौडमा भाग लिएकी थिइन् । काठमाडौंमा भएको रेसमा पहिलो र पोखरामा खेलकुद परिषद् च्याम्पियनसिप हात पारिसकेकी छन् । भोजपुर रेसमा च्याम्पियन भएसँगै उनले जनवरीमा हङकङमा हुने रेसमा भाग लिने अवसर पाएकी छन् ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्