भारतीय सुन्दरी बनिन् ‘मिस वल्र्ड’

सहयात्रा टिभी

एक सय आठ देशका प्रतिष्पर्धीलाई उछिन्दै भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्ष ‘मिस वल्र्ड’ बनेकी छिन् । भारतको हरियाणा राज्यकी २० वर्षीया छिल्लर चीनमा सम्पन्न ६७ औं मिस वल्र्ड प्रतियोगिताको उपाधि हात पार्नसफल भएकी हुन् । चीनको सान्या सिटीमा आयोजित प्रतियोगितामा छिल्लरलाई सन् २०१६ कि विश्व सुन्दरी प्युर्टो रिकोकी स्टेफेनिया डेल भ्यालेले मिस वल्र्डको ताज पहि¥याएकी थिइन् ।

सन् १९६६ पछि भारतका कुनै पनि सुन्दरीले मिस वल्र्डको उपाधि जितेको यो पहिलो पटक हो । छिल्लर मेडिकल शिक्षामा अन्तिम वर्ष अध्ययन गरिरहेकी विद्यार्थी हुन् । मिस वल्र्ड २०१७ मा नेपालको तर्फबाट सहभागी मिस नेपाल निकिता चन्दक भने उत्कृष्ट ४० को पहिलो राउण्डबाट अगाडि बढ्न सकिनन् ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्