यूरोपको तापक्रम उच्च बन्दै

सहयात्रा टिभी

एजेन्सि । असर ३१, यूरोपमा तपक्रम बढ्नेक्रम रोकिएको छैन । योक्रम अझै केही समय रहिरहने खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

दक्षिणा यूरोपका इटाली, स्पेन र ग्रीसमा तापक्रम बढिरहेको बिबिसीको खबरमा उल्लेख छ । तापक्रम बढेसँगै इटालीले राजधानी रोमसहितका १६ वटा सहरका बासिन्दालाई सचेत रहन भनेको छ ।

उक्त क्षेत्रको तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आगामी हप्ता इटालीसहित टर्की, ग्रीस र बल्कान्समा तापक्रम माथिल्लो बिन्दुमा पुग्ने समाचारमा उल्लेख छ ।

प्रकाशित : 16 July, 2023

प्रतिक्रिया दिनुहोस्