अमेरिकाको जर्जियामा अन्धाधुन्ध गोली चल्दा चारजना मारिए

सहयात्रा टिभी

एजेन्सि । असार ३१, अमेरिकाको जर्जियमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा चार जना मारिएका छन् । जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चारजना मारिएका हुन् ।

मारिनेमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने ४० वर्षीय एन्ड्री लङमोर भएको प्रहरीले पत्ता लगाएको छ ।

हत्यापछि फरार रहेका लङमोरसँग अहिले पनि दुई वटा हतियार रहेको भन्दै प्रहरीले निजलाई पक्राउ गर्न सघाउनेलाई दश हजार डलरको पुरस्कार घोषणा गरेको छ । घटनामा कति मानिस घाइते भए भन्ने बारेमा केही खुलाइएको छैन ।

प्रकाशित : 16 July, 2023

प्रतिक्रिया दिनुहोस्