सिनामंगलमा शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै

काठमाडौँ । साउन ३, काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोज टोली घटनास्थलमा पुगेको छ ।
टोलीले शांस्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशंकास्पद वस्तु के हो भन्ने बारेमा पहिचान भएको छैन ।