डेढ करोड खर्चेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्कियो

सहयात्रा टिभी

काठमाडौँ । साउन ११, दाङमा करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ ।

कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण गरिएको कोल्ट स्टोर प्रयोगमा नआउँदै भत्किएको हो ।

बंगलाचुली गाउँपालिका र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको अनुदानमा लोहारपानी कृषि सहकारी संस्थाले २०७६ सालमा एक करोड २७ लाख लागतमा १०० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरेको थियो ।

उक्त कोल्डस्टोर २०७९ साल असोजमा भत्किएको हो । त्यसको पुनर्निर्माण अझै भएको छैन ।

लोहारपानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीले भारी वषरका कारण आएको पहिरोका कारण प्रयोगमा नआउँदै भत्किएको र लाखौं रकमको क्षती पुगेको बताए । मर्मतका लागि बजेट धेरै लाग्ने हुँदा गाउँपालिकासँग बजेट माग गरेको उनले सुनाए ।

बंगलाचुली गाउँपालिका पहाडी क्षेत्र भएकाले तरकारीसहित सुन्तला, अदुवा, कागतीहरु उत्पादन हुँदै आएको छ । तर भूगोलको विकटता र बजार टाढा भएकाले त्यहाँका किसानलाई तरकारी तथा फलफूलहरु बजारसम्म पुर्याउन समस्या हुने गरेको छ ।

 

प्रकाशित : 27 July, 2023

प्रतिक्रिया दिनुहोस्