सुनको भाउ आज ह्वात्तै घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन १२, लगातार बढेर तोलाको एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ आज शुक्रवार भने घटेको छ ।

सुन आज तोलामा नौ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 28 July, 2023

प्रतिक्रिया दिनुहोस्