लगातार पाँचौ दिन पनि नेप्सेमा गिरावट
सहयात्रा टिभी
काठमाडौं । साउन १४, लगातार पाँचौ दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।
गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो । जसको प्रभावले गत आइतबार नेप्से ६३.२४ अंकले बढेर पछिल्लो एक वर्ष यताकै उच्च विन्दु २२२७.१६ बन्द भएको थियो ।
त्यसपछि सोमबारबाट नै नेप्से घट्न सुरु हुँदा ५ दिनमा नेप्सेमा करिब १२७ अंकको गिरावट भएको हो ।
यो साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से २६.१४ अंकले गिरावट भएर २१००.३४ को बिन्दुमा बन्द भएको छ ।