मधेश प्रदेशमा नव नियुक्त मन्त्री द्वयले लिए शपथ

सहयात्रा टिभी

१५ साउन, जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई  नव नियुक्त मन्त्री द्वयले  शपथ लिएका  छन् ।

काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।

नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो ।

योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।

 

प्रकाशित : 31 July, 2023

प्रतिक्रिया दिनुहोस्