झगडा र कुटपिटमा हतियार प्रहार बाट दुईको हत्या

काठमाडौँ । साउन १६, सामान्य झगडा र कुटपिटमा हतियार प्रहार बाट दुई जनाको छुट्टा छुट्टै हत्या भएको छ ।
बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एक जना महिलाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर सप्तरीकी २८ वर्षीया अनिता चौधरीको हत्या भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार भएको थियो ।
घटनालगत्तै उनलाई ट्रमा सेन्टर लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैबीच, ललितपुरमा पनि सामान्य विवादमा भएको झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षीय ज्ञानबहादुर भनिने हिम परियार छन् ।
ललितपुर महानगरपालिका–९, बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य बिवादका कुटपिट गर्दा परियार सोमबार गम्भीर घाइते भएका थिए । कुटपिटको कारण खलेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।