केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय, बैठक २ घण्टा पर सर्‍याे

सहयात्रा टिभी

काठमाडौँ । साउन १७,  नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई अब ४०७ सदस्यीय बनाउने भएको हो ।

यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सुरु हुँदैछ ।

बिहान ११ बजे सुरु हुने भनिएको केन्द्रीय समिति बैठक तयारी अपूग भएकाले २ घण्टा पर सारिएको बताइएको छ । यस्तै, बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्