दयाहाङ र मिरुनाको जोडी ‘रंगेली ग्याङस्टर’मा पनि

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, दयाहाङ राई र मिरुना मगरको जोडीलाई अहिले नेपाली फिल्म क्षेत्रमा ‘डीएम जोडी’ले चिन्न थालिएको छ । यो जोडीले एकसाथ ब्लकबस्टर फिल्महरुमा सहकार्य गरे पछि बजार गरमाएको हो ।

यी दुई जनाले काम गरेको ‘कबड्डी ४’ र ‘जारी’ले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेका छन् । प्रदर्शन तयारीमा रहेको ‘नांगो गाउँ’मा पनि यी दुईलाई देख्न सकिन्छ । यसैबीच, केही दिनअघि मिरुना मगरलाई शीर्ष भूमिकामा लिएर अर्जुन सुवेदीले ‘रंगेली ग्याङस्टर’ फिल्म निर्देशन गर्ने चर्चा थियो ।

अब भने यो फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई पनि जोडिएका छन् । अर्थात्, यो फिल्मको मुख्य भूमिकामा पुनः डीएम जोडी देखिनेछन् । दयाहाङसहित अभिनेता प्रवीण खतिवडा पनि फिल्ममा अनुबन्धित भएका छन् ।

मिरुना र अर्पण थापा अनुबन्धित भएको खबर पहिले नै आइसकेको छ । भदौ २० गतेदेखि छायांकन सुरु हुने भनिएको फिल्मको कथावस्तु मोरङको रंगेली वरपर केन्द्रित हुने जनाइएको छ । अन्य कलाकारका लागि कास्टिङ कल आह्वान गरिएको छ ।

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्