प्रदेशमा मन्त्रीको विषयलाई लिएर नाउपाभित्र असन्तुष्टि

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ ।

नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो ।

पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन् । ‘यार गद्दार निकला । राजनीतिक पाखण्डवाजको घनघोर भर्त्सना गर‌ौं’, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

चौधरीले आफ्नो स्टाटस मन्त्री छनोटको निणएयप्रति लक्षित भएको बताए । ‘संगठन एजेन्डाले बन्छ, व्यवहारले बिग्रिन्छ । राजनीति गर्छु भन्ने नाममा पाखण्डवाद मौलायो ।
चौधरीले पाँच वर्षसम्म जनप्रतिनिधिविहीन भएको टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको बताउदै अहिले टीकापुरलाई पूर्वाग्राही व्यवहार गरिए विरोध गर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीले गत बैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी फेरेको थियो ।

 

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्