अब चाँडै बाम एकता हुन्छ–खनाल

सहयात्रा टिभी

इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब चाँडै नै वाम एकता हुने बताएका छन् ।
इलामको जोगमाई गाउँपालिका–६ प्याङ्गमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको नतिजापछि वाम एकता हुने बताए । उनले अब कुनै पनि शक्तिले वाम एकतालाई रोक्न नसक्ने पनि दावी गरे ।

इलाम निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेद्वार समेत रहेका नेता खनालले पार्टी एकताको कुरालाई विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप लगाए । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने उल्लेख गर्दै निर्वाचनपछि इलामको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने विचार व्यक्त गरे ।

जनताले चाहे जस्तो विकास नभए पनि क्षेत्र नं १ मा धेरै विकास निर्माण भएका छन्, केही बाँकी छन् तिनलाई पनि निर्वाचनपछि पूर्णता चर्चा गर्दै नेता खनालले लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा भएको र देशमा अव आउने परिवर्तनको नेतृत्व पनि वाम गठबन्धनले नै गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्