एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकको तयारी

काठमाडौं । साउन १९, आगामी भदौ ५, ६ र ७ गतेका लागि काठमाडौँमा बस्ने तय भएको केन्द्रीय समिति बैठकको तयारीका लागि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजेदेखि सुरु भएको बैठक दिनभर चल्नेछ ।
पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने जानकारी दिए ।