झापा कारागारमा कैदीबन्दीबीच झडपपछि आगलागी

सहयात्रा टिभी

काठमाडौं । साउन १९, कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको हो ।

झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ ।

आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको घटनास्थलमा रहेका एक सुरक्षाकर्मीले बताए ।

कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको हो ।

 

 

प्रकाशित : 4 August, 2023

प्रतिक्रिया दिनुहोस्