एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने

काठमाडौँ । साउन २१, नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
हिजोको बैठकमा बलराम बाँस्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका थिए ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टी कमजोर हुँदै गएको बताउँदै पार्टीलाई चुस्तदुरुस्त बनाउन नेतृत्वको ध्यानाकर्षण गराए ।
आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने खतिवडाले जानकारी दिए ।
‘